फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२३ सौं राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलनमा चीनको अडान

(GMT+08:00) 2017-11-11 16:21:10

जर्मनीको बोनमा २३ सौं राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन आयोजना भइरहेको छ। सो सम्मेलनमा भाग लिइरहनु भएका चिनियाँ वार्ता टोलीका प्रतिनिधिले सन् २०२० अघि वचन र कार्वाही, 'पेरिस सन्धिबाट अमेरिका हटेपछिको प्रभावबारेमा हाम्रो रेडियोका सम्बादातासँग अन्तर्वार्ता दिनुभएको छ।

भविष्यमा अन्तर्राष्ट्रिय समाजले पेरिस सन्धिको कार्यन्वयन गर्ने वचनलाई कसरी ठोस रूपमा व्यवहारमा उतार्नु भन्ने नै यस पटकको सम्मेलनको ध्यानाकर्षणको विषय हो। यसबारे जानकारी दिँदै चिनियाँ वार्ताकार कु च ह्वाले चीनको प्रस्तावमा सन् २०२० अघि दिइएको वचनको कार्यन्वयन र सम्बद्ध कदमहरूलाई विषयसूचीमा राखिसकेको जानकारी दिनुभएको छ।

पेरिस सन्धिको कार्यन्वयनको विस्तृत कदम सम्बन्धी वार्ता निर्णायक अवधिमा यस पटकको सम्मेलनको आयोजना भैरहेको र सन् २०१८ मा आयोजना हुने वार्ता समयमा पूरा गर्नको लागि यस पटकको सम्मेलनमा विभिन्न पक्षको ध्यानलाई सन्तुलित रूपमा प्रतिविम्वित गरिने खाले मसौदा निर्माण हुने आशा पनि उहाँले प्रकट गर्नुभएको छ।

हालसम्म विश्वका १९५ वटा मुलुकले पेरिस सन्धिलाई मान्यता दिइसकेका छन्।

जानकारी तथा लेखहरु