फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीले बगाएका थप तीन गैँडाको उद्धार

(GMT+08:00) 2017-11-12 14:29:31

गत वर्षात्‌मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर लगेका थप तीनवटा गैँडा भारतको वाल्मीकि नगर वाइल्ड रिजर्भ क्षेत्रमा भेटिएका छन्। यसअघि सो रिजर्भबाट एउटा बच्चासहित चारवटा गैँडाको जीवितै उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो। योपटक पनि गत शुक्रबार मात्रै एउटा पोथी गैँडाको उद्धार गरी निकुञ्जमा छाडिएको छ। उद्धार गरिएको पोथी गैँडा सीमा क्षेत्रबाट ३० किलोमिटरको मदनपुर भन्ने ठाउँमा देखा परेको गोरखापत्र दैनिकले लेखेको छ। दुई दिन लगाएर पोथी गैँडालाई नियन्त्रणमा लिइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो, "एउटा पोथी गैँडाको उद्धार गरिसक्न नपाउँदै अरू दुईवटा गैँडा भारतीय क्षेत्रमा भेटिएपछिआ उद्धार गर्न निकुञ्जको प्राविधिक टोली भारततर्फ गइसकेको छ।

भारतीय अधिकारीले अरू दुईवटा गैँडा देखिएपछि चितवन राष्ट्रिय निकञ्जमा खबर गरेका थिए। गैँडा समात्न हात्तीसमेत नेपालबाट लिनुपर्ने हुँदा केही समय आलाग्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो। नेपालका चारवटा हात्तीलाई प्राविधिक टोलीसँगै पठाइएको छ।

पशुचिकित्सकसहित गैँडासँग सम्बन्धित विज्ञ गरी ४० जना प्राविधिक टोलीलाई पुनः भारत पठाइएको र उता गैँडाको खोजी गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। चितवनसँग जोडिएको वाल्मीकि नगर टाइगर रिजर्भ बाघका लागि उपयुक्त बासस्थान भए पनि गैँडाका लागि उपयुक्त मानिँदैन।

प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, "एउटा गैँडा नेपालको त्रिवेणीदेखि २७ किलोमिटर टाढा र अर्को गैँडा ४०आ किलोमिटर पिप्रासी भन्ने ठाउँमा देखिएको छ। " वन्यजन्तु भएकाले एक ठाउँमा देखिएको गैँडा केही छिनमै अर्को ठाउँमा जाने हुँदा त्यसको खोजी कार्य भइरहेको छ। भेटिएपछि हात्ती लगाएर बेहोस पारेर नियन्त्रण लिई नेपाल ल्याउने कार्यक्रम छ।

विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाका लागि चितवन उपयुक्त वासस्थान मानिन्छ। चितवनमा मात्रै ६०० भन्दा बढी गैँडा रहेको अनुमान छ। गत साउनमा आएको बाढीले तीन महिनापछि पनि भारतबाट बगाएर पु¥याएको गैँडा भेटिनुले चितवनबाट थुप्रै गैँडा बगेर नोक्सानी भएको हुनसक्ने अड्कल गर्न थालिएको छ।

चितवनपछि बर्दिया, शुक्लाफाँट र पर्सा राष्ट्रिय निकुञ्जमा पनि एकसिङ्गे गैँडा पाइन्छन्। गत वर्षमात्रै चोरीसिकार र करेन्ट लगाएर चारवटा गैँडा मारिएका थिए।

जानकारी तथा लेखहरु