फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इतिहासमै पहिलो पटक नेपालद्वारा क्रिकेटमा भारतमाथि जीत

(GMT+08:00) 2017-11-13 16:32:45

नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ। क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो।

एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतविरुद्ध १९ रनले जितको हो। नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरेको नागरिकन्यूज डटकमले जनाएको छ।

कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालविरुद्धको खेलअघिसम्म प्रतियोगितामा अपराजित रहँदै आएको भारतलाई पहिलो हार चखाउन नेपाली टोली सफल भएको थियो। ऐरीले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १ सय १ बलमा ८८ रनको योगदान गरेपछि टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल खडा गरेको थियो।

जानकारी तथा लेखहरु