फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यही वर्षमा सकिने नेपालका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2017-11-13 16:33:42

नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यही वर्षमा सकिने बताउनुभएको छ।

नेपाल-चीन फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत हङले डिसेम्बरभित्रै अध्ययन सकिने जानकारी दिनुभयो।

'चीनले यो सम्झौतालाई प्राथमिकताका साथ लिएको छ। यही वर्षभित्रै सम्भाव्यता अध्ययन सकाएर अन्य प्रकृया अगाडि बढाइनेछ,' उहाँले कार्यक्रममा भन्नुभयो।

कार्यक्रममा सञ्चारकर्मीहरुले केरुङ-काठमाडौं रेलमार्गबारे प्रश्न गर्दा उहाँले असंभव भन्ने कुरा केही नहुने बताउनुभयो। उहाँले भौगोलिक दृष्टिकोणले गाह्रो लागेपनि यो आयोजनामा सम्भव रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु