फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा भियतनामी समकक्षीसँग भेट-वार्ता

(GMT+08:00) 2017-11-13 17:34:39

चिनियाँ कम्युनिष्टपार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तेह्र तारिख हनोइस्थित राष्ट्राध्यक्षको आवास भवनमा भियतनामी राष्ट्रपति ट्रान दाइ क्वाङसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामको समाजवादी परिवर्तन र खुल्लापन कार्यमा जिवन्त शक्ति देखिएकोमा शुभकामना व्यक्त गर्दै दा नाङमा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको अनौपचारिक सम्मेलन सफल भएकोमा बधाई प्रकट गर्नुभएको छ।

चीन र भियतनाम दुवै पक्षले यस भ्रमणको उपलब्धिलाई सम्पूर्ण रुपमा व्यवहारमा उतारेर नयाँ युगको चीन-भियतनाम सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

प्रत्युत्तरमा भियतनामी राष्ट्राध्यक्ष ट्रान दाइ क्वाङले चीनको आर्थिक र सामाजिक विकासमा प्राप्त ठूल्ठूला उपलब्धि र चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र समृद्धिका लागि गरेको महत्वपूर्ण योगदानको भियतनामले उच्च मूल्याङ्कन गर्नुभयो। चीनसँगै मिलेर विभिन्न क्षेत्रमा रहेका वास्तविक आदान-प्रदान र सहयोग अघि बढाउँदै जान भियतनाम इच्छक रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु