फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्षस सी चिन फिङ तथा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव बीच पुन: भेट-वार्ता

(GMT+08:00) 2017-11-13 17:35:20

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले तेह्र तारिख मध्यान्ह हनोइमा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्वेन फु ट्रोङसँग पुन: एक चोटी भेट-वार्ता गर्नुभयो। उहाँहरूले निरन्तर रुपमा दुई पार्टी र दुवै देश सम्बन्धबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले न्वेन फु ट्रोङलाई चीनको शासन व्यवस्था सम्बन्धी अनुभवहरूबारे जानकारी दिनुभएको छ।

प्रत्युत्तरमा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्वेन फु ट्रोङले विभिन्न क्षेत्रमा रहेका दुवै देश बीचको वास्तविक सहकार्यलाई निरन्तर रुपमा गहन पार्दै जाने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु