फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा लाओसको राजकीय भ्रमण शुरु

(GMT+08:00) 2017-11-13 19:28:08

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले तेह्र तारिख भियन्टाइन पुगी प्रजातान्त्रिक जनगणतन्त्र लाओसको राजकीय भ्रमण थाल्नुभएको छ।

सिन्ह्वा समाचार समितिका अनुसार स्थानीय समय तेह्र तारिख दिउँसो तीन बजेर पाँच मिनेट जाँदा राष्ट्राध्यक्ष सी चढ्नुभएको विशेष विमान भियन्टाइन वाटी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ।

उहाँले विमानस्थलमा लिखित भाषण दिंदै चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र जनताको तर्फबाट लाओसको पार्टी, सरकार र जनतालाई हार्दिक अभिवादन र शुभेच्छा प्रकट गर्नुभएको छ।

चीन र लाओस दुवै नै कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका समाजवादी मुलुक हुन् भन्दै साँच्चिकै असल छिमेकी, राम्रा साथी, राम्रा कमरेड र राम्रा साझेदार भएको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सी भियतनामको राजकीय भ्रमण सम्पन्न गरेर लाओसको भ्रमणमा निस्कनुभएको हो।

जानकारी तथा लेखहरु