फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेक शिखर सम्मेलन एशिया-प्रशान्तमा स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा बनाउन महत्वपूर्ण

(GMT+08:00) 2017-11-13 19:28:51

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तेह्र तारिख एशिया-प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको निर्माण क्षेत्रीय एकरुपतालाई गहन पार्ने महत्वपूर्ण विषय हुनुका साथै खुलस्त एशिया-प्रशान्त अर्थतन्त्रको विकास गर्ने र एशिया-प्रशान्त भाग्यको एकरुपता स्थापना गर्ने महत्वपूर्ण उपाय भएको भन्दै त्यो कुरा विभिन्न पक्षको साझा हित र विकासको दीर्घ चाहना अनुकूल हुने औंल्याउनुभएको छ। विभिन्न सदस्यहरूसँगै मिलेर विभिन्न पक्ष बीच सम्पन्न मतैक्यतालाई सम्पूर्ण रुपमा व्यवहारमा उतारेर विभिन्न किसिमका कार्यलाई स्थिर रुपमा अघि बढाउँदै जान चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभएको छ।

भर्खरै भियतनाममा सम्पन्न भएको एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको अनौपचारिक सम्मेलनमा विभिन्न पक्षहरूले जोडतोडसँग एशिया-प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको निर्माणलाई अघि बढाउने विषयको पुनर्पुष्टी गरेका थिए।

जानकारी तथा लेखहरु