फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा लाओस जनक्रान्तिकारी पार्टी महासचिवसँग भेटवार्ता

(GMT+08:00) 2017-11-14 15:58:46

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर तेह्र तारिख भियन्टाइनको राष्ट्राध्यक्ष भवनमा लाओस जनक्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवम् लाओसका राष्ट्राध्यक्ष बौङनाङ भोराचिठसँग भेटवार्ता गर्नुभएको छ।

दुई पक्षले आपसी विकास उपलब्धीको उच्च मूल्यांकन गर्नुका साथै आपसी आदानप्रदानलाई सबल पार्ने विषयमा सहमति जनाएका छन्। दुई मुलुकले सुधार र खुलापनलाई अघि बढाउने, लाओसको सुधार कार्य निरन्तर अगाडि बढाउने, असल छिमेकीपन, मित्रता, साझेदारको भावना लिँदै जाने, चीन-लाओसबीचको परम्पारगत मित्रतालाई सुदृढ पार्ने, दीर्घकालदेखि स्थिर भएको सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध नयाँ पाइलामा अघि सार्ने धारणा प्रकट गरेका छन्।

चीनका राष्ट्राध्यक्ष सी र लाओसका राष्ट्राध्यक्ष भोराचिठले एक अर्कालाई चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन र राष्ट्रिय कार्ययोजना तथा लाओसको पार्टीसम्बन्धी परिस्थितिबारे आदानप्रदान गर्नुभयो।

जानकारी तथा लेखहरु