फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लाओस समकक्षीसँगै माहोसोत अस्पताल शिलान्यास समारोहमा

(GMT+08:00) 2017-11-14 15:59:27

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङ आज नोभेम्बर चौध तारिख लाओस जनक्रान्तिकारी पार्टी केन्द्रिय समितिका महासचिव बौङराङ भोराचिठसँग भियन्टाइनस्थित माहोसोत अस्पतालको स्थापना समारोहमा उपस्थित हुनुहुन्छ।

राष्ट्राध्यक्ष सी र भोराचिठले संयुक्त रुपमा माहोसोत अस्पताल परियोजनाको नमुना हेरेर चिनियाँ प्रमुख वास्तुकारले परियोजनाबारे दिएको जानकारी पनि सुन्नुभएको छ। स्थापना समारोह शुरु भएपछि राष्ट्राध्यक्ष सी र भोराचिठले शिलान्यास्थलमा फूल राख्नुभयो।

चीनका राष्ट्राध्यक्ष सीले चीन र लाओसबीचको सहयोग जनस्तरमा लैजानुपर्ने तथा अझ बढी स्थानीय जनतामाझ फाइदाहरू बाँड्नुपर्ने औंल्याउनुभयो। दुई मुलुकका स्वास्थ्य विभागले नीतिको आदानप्रदान र व्यवहारिक सहयोगलाई अघि बढाउनुपर्ने, संयुक्त रुपमा चिकित्सा स्तरलाई माथि उकास्नुपर्ने र दुई मुलुकका जनतालाई हितकल्याण पुर्‌याउनुपर्ने राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु