फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा लाओस राष्ट्रिय सभाका अध्यक्ष पनी याथोटूसँग भेटघाट

(GMT+08:00) 2017-11-14 18:45:47

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर चौध तारिख भियन्टाइन राष्ट्रिय सम्मेलन केन्द्रमा लाओस राष्ट्रिय सभाका अध्यक्ष पनी याथोटूसँग भेटघाट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र लाओसको राजनैतिक प्रणाली उस्तै भएर भविश्यको भाग्य पनि जोडिएकोतर्फ संकेत गर्दै उहाँले दुई मुलुकको साझा हित व्यापक हुनुका साथै सहयोगको निहित शक्ति ठूलो भएको रहेको धारणा व्यक्त गर्नुभयो।

जवाफमा अध्यक्ष पनीले चीन र लाओसबीचको सहयोगले लाओसको राष्ट्रिय विकासमा ठूलो भूमिका निर्वाह गर्नुका साथै लाओस राष्ट्रिय सभाले चिनियाँ जन काँग्रससंगको आदानप्रदान र सहयोगलाई अघि बढाउने विचार प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु