फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चालू वर्ष शैक्षिक क्षेत्रमा वैदेशिक लगानी बढ्दो

(GMT+08:00) 2017-11-15 15:35:58

नेपाल सरकारले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम ल्याएपछि चालू आर्थिक वर्षमा वैदेशिक सहायता बढेको छ । ५ वर्षयता विदेशी विकास साझेदारहरूले गर्दै आएको सहयोग घटेको भए पनि यो वर्षदेखि बढेको हो।

अघिल्लो आर्थिक वर्षमा १० अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको वैदेशिक सहयोग चालू वर्ष बढेर १५ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पुगेको शिक्षा मन्त्रालय वैदेशिक समन्वय शाखाका उपसचिव ध्रुवराज रेग्मीले बताउनुभयो। यो अघिल्लो वर्षको तुलनामा ३.२८ प्रतिशत बढी हो। अघिल्लो वर्ष ८.८८ प्रतिशत रहेको वैदेशिक सहायता यो वर्ष १२.१६ प्रतिशत पुगेको छ।

नेपाल सरकारले शिक्षासँग सम्बन्धित सीप, तालिम र प्राविधिक क्षेत्रका अधिकांश कार्यक्रमका लागि धरै वैदेशिक सहायता लिने गरेको छ। विगत वर्षहरूमा शिक्षाका लागि सरकारले विदेशी विकास साझेदारबाट लिँदै आएको अधिकांश सहयोग अनुदानको रूपमा लिने गरेको थियो। तर, यो वर्षदेखि अनुदानभन्दा ऋणको हिस्सा बढेको देखिन्छ।

सरकारले दातृ निकायको सहयोगमा सञ्चालन गरिने विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) सुरु गरेपछि वैदेशिक सहयोग पनि बढेको हो। नेपालको शिक्षा क्षेत्रमा एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकलगायत विकास साझेदारले सहुलियत ऋण र अनुदान सहयोग गर्दै आएका कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु