फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आशियान शिखर सम्मेलन र पूर्वी एशिया सहकार्य मुलुकका नेताहरूको श्रृंखलावद्ध सम्मेलन फिलिपिन्समा सम्पन्न

(GMT+08:00) 2017-11-15 15:43:10

31 ‌औँ आशियान शिखर सम्मेलन र पूर्वी एशिया सहकार्य मुलुकका नेताहरू सम्मिलित श्रृंखलाबद्ध सम्मेलनहरू चौध तारिख राति फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ। सिंगापूर आउँदो वर्ष आशियानको अध्यक्ष मुलुक बन्ने भएको कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ।

यस पटकको आशियान शिखर सम्मेलन अवधिमा आशियानका दशवटा मुलुकबीच आप्रवासी र श्रमिक कामदारको हक-अधिकारको सँरक्षण गर्ने र हिंसात्मक उग्रवादको सामना गर्ने विषयबारे अनेकन् दस्तावेज सम्पन्न भएका छन्।

आशियानका दशवटा मुलुकका नेताहरू बाहेक चीन, अमेरिका, रुस, जापान, गणतन्त्र कोरिया, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड र भारत आदि मुलुकका नेताहरू तथा संयुक्त राष्ट्र संघका महासचिव पनि अन्य सम्बद्ध सम्मेलनहरूमा सम्मिलित हुनुभएको थियो।

जानकारी तथा लेखहरु