फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा चौतर्फी याक जीन भण्डारण स्थापना

(GMT+08:00) 2017-11-15 15:44:39

तिब्बत स्वायत्त प्रदेश याक व्यवसायिक क्षेत्रका मुख्य प्राविधिक विद्वान डाक्टर ची छ्यौ मैले नोभेम्बर चौध तारिख चिनियाँ समाचार समितिलाई अन्तर्वार्ता दिँदै हालै तिब्बत र दक्षिण-पश्चिमी जातीय विश्वविद्यालयले संयुक्त रुपमा स्थापना गरेको तीस वटा विविधतायुक्त चिनियाँ याकको जीन भण्डारण कार्य अहिले पूरा भएको र यो चीनको सबैभन्दा चौतर्फी याकको जीन भण्डार रहेको जानकारी दिनुभएको छ।

चीनको प्रविधि मन्त्रालय र तिब्बत स्वायत्त प्रदेश सरकारको अनुमोदन गरी यस वर्षको आरम्भमा जौ र याकको जीन सुधारबारे अध्ययन गर्न तिब्बतमा पहिलो राष्ट्रिय स्तरको मुख्य प्रयोगशाला स्थापना गरिएको हो।

उक्त प्रयोगशालाको उद्देश्य तिब्बती जौ र याकको विविधता सङ्कलन गर्ने, पहिचान गर्ने र मूल्यांकन गर्ने साथै तिब्बती जौ र याकको जीन सूचीको तथ्यांक भण्डारण गर्ने रहेको छ।

जानकारी तथा लेखहरु