फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सन् 2017 चीनका लागि कूटनीतिज्ञको च्याङ सु यात्रा" गतिविधि चीनको नानचिङमा शुरु

(GMT+08:00) 2017-11-15 18:13:03

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको विचारधारा प्रचार-प्रसार गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआई अनलाईन तथा सीआरआई अनलाईन अन्तर्गत च्याङ सु च्यानलको संयोजकत्वमा "सन् 2017 चीनका लागि कूटनीतिज्ञको च्याङ सु यात्रा" विषयक गतिविधि नोभेम्बर बाह्र तारिख चीनको च्याङ सु प्रान्तको सदरमुकाम नानचिङ शहरमा औपचारिक रुपमा शुरु भएको छ।

अफगानिस्तान, इजिप्ट, नेपाल, नाइजर, श्रीलंका, कम्बोडिया र ब्राजिल ती सातवटा मुलुकका कूटनीतिज्ञहरूले च्याङ सुमा भेला भई नान चिङ, चन च्याङ र थाइ चौ ती तीनवटा ठाउँको भ्रमण गरेर "सम्पन्न र सुमधुर" नयाँ च्याङ सुको विकासको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ।

उक्त गतिबिधिको पहिलो मुकाम प्राचीन चीनको राजधानी नानचिङमा शुरु भएको हो। कूटनीतिज्ञहरूले नान चिङको दृश्य, इतिहास र संस्कृतिप्रति निकै चासो राखेर त्यस शहरको उच्च मूल्याङ्कन गरेका छन्।

यस्तै अन्य दुईवटा ठाउँको यात्राको प्रतिक्षामा ती कूटनीतिज्ञहरू रहेका छन्।

जानकारी तथा लेखहरु