फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूतावासद्वारा चीन-भारत युवा मनोरञ्जन समारोहको आयोजना

(GMT+08:00) 2017-11-18 16:06:39

चीन-भारत युवा मनोरञ्जन समारोह नोभेम्बर सत्र तारिख राति भारतका लागि चिनियाँ राजदूतावासमा आयोजना गरिएको छ।

भारतका लागि चिनियाँ राजदूत लो चाउ ह्वै, साम्यवादी युवा दलको केन्द्रीय सचिवालयका सचिव यिन तुङ मै र भारतीय युथ मामिला र खेलकुद मन्त्रालयका स्थायी सचिव अमरेन्द्र कुमार दुबै त्यस समारोहमा सम्मिलित हुनुभयो। भारतको मैत्रीपूर्ण भ्रमणमा रहेका चिनियाँ युवा प्रतिनिधि मण्डल र भारतीय युवा प्रतिनिधिहरू गरी चार सयभन्दा बढीको सहभागिता रहेको छ।

समारोहलाई सम्बोधन गर्दै राजदूत लोले युवा-युवतीहरू देश र विश्वको भविष्य हुनुका साथै चीन-भारत सम्बन्धका भविष्य पनि भएकाले युवा आदान-प्रदान दुवै देशको सम्बन्ध विकासका लागि एक महत्वपूर्ण अङ्ग भएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु