फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानसँगै चन्द्रमाको सर्वेक्षण गर्न भारत इच्छुक

(GMT+08:00) 2017-11-19 14:10:33

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अध्यक्ष किरण कुमारले सत्र तारिख 24 औँ एशिया-प्रशान्त क्षेत्रीय अन्तरिक्ष संस्था मञ्चलाई सम्बोधन गर्दै हाल भारतले जापानसँग संयुक्त रुपमा चन्द्रमाको सर्वेक्षण गर्ने योजनाबारे विचार-विमर्श गरिरहेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

24 औँ एशिया-प्रशान्त क्षेत्रीयीय अन्तरिक्ष संस्था मञ्च गत चौधदेखि सत्र तारिखसम्म भारतीय बैंगलोरु शहरमा आयोजना गरिएको थियो।

यसअघि भारत र जापान दुवैले चन्द्रमा सर्वेक्षण योजनाको आरम्भ गरिसकेका छन्। जापानले गत सन् 2007मा सफलताका साथ कागुया नामक चन्द्र घुम्ने सर्वेक्षण उपग्रहको प्रक्षेपण गरेको थियो भने भारतले सन् 2008मा चन्द्रयान एक नामक चन्द्र सर्वेक्षण यन्त्रको पनि प्रक्षेपण गरेको थियो।

जानकारी तथा लेखहरु