फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेशको लिन्चीमा गएको भूकम्पबाट बाह्र हजार प्रभावित

(GMT+08:00) 2017-11-20 10:20:34

तिब्बत स्वायत्त प्रदेशको लिन्ची क्षेत्रको मि लिन जिल्लामा गएको 6.9 रेक्टर स्केलको भूकम्पबाट छवटा जिल्ला प्रभावित भएका छन्। भूकम्पबाट बाह्र हजारभन्दा बढी व्यक्तिलाई असर पुर्‍याएको छ। हालसम्म भूकम्पबाट मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्प नोभेम्बर अठार तारिख गएको हो। सो दिन लिन्ची कौं पु नयाँ वर्षको पहिलो दिन पनि हो। हाल सो क्षेत्रको सामाजिक अवस्था सामान्य छ।

भूकम्प पछि विभिन्न क्षेत्रको प्रयासमा 162 वटा बाटोलाई पूनःसंचालन गरिएको छ भने 53 वटा संचार लाइन पुनःसंचालन गरिएको छ। दुई हजार तीन सय चौरासी जना व्यक्तिलाई भूकम्पको बढी प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा सारिएको छ।

जानकारी तथा लेखहरु