फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा नी शान बुकस्टोर

(GMT+08:00) 2017-11-20 17:53:57

चीनको नी शान बुकस्टोर नेपालमा औपचारिक रुपमा स्थापना गरिएको छ। बुकस्टोर उद्घाटन समारोह हिजो नोभेम्बर उन्नाईस तारिख काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस् संस्थानमा आयोजना भएको हो। चीनको शाङतोङ मैत्री प्रकाशन संस्थाले नेपालमा स्थापना गरेको यो पहिलो नी शान बुकस्टोर हो। यो बुकस्टोर शाङतोङ मैत्री प्रकाशन संस्थाले विदेशमा स्थापना गरेको 28औँ बुकस्टोर पनि हो।

शानतोङ प्रान्तीय उप प्रमुख यी स्याङ छी, काठमाडौँ विश्वविद्यायलका व्यवस्थापन कलेजका प्रमुख बिजय के सी, शानतोङ प्रान्तको संस्कृति विभागका प्रमुख वाङ लै, काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस् संस्थानका शिक्षक र विद्यार्थीहरु सो समारोहमा सहभागी भएका थिए।

काठमाडौँ विश्वविद्यायलको व्यवस्थापन कलेजका प्रमुख बिजय के सीले नी शान बुकस्टोर नेपालमा पनि स्थापना भएकोमा खुशी प्रकट गर्दै स्वागत व्यक्त गर्नुभयो। उहाँले नी शान बुकस्टोर नेपालमा प्रबेशबाट दुवै मुलुक बीचको एउटा महत्वपूर्ण सांस्कृतिक आदान-प्रदान कार्य रहेको पनि उल्लेख गर्नुभयो।

शानतोङ प्रान्तको सांस्कृतिक विभागका प्रमुख वाङ लैले आगामी समयमा नी शान बुकस्टोरले झन् बढी उत्कृष्ट चिनियाँ पुस्तक प्रस्तुत गर्दै चीन र नेपाल बीचको सांस्कृतिक आदान-प्रदान बढाउने बताउनुभयो।

जानकारी तथा लेखहरु