फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री र म्यामार राष्ट्रपतिबीच भेट

(GMT+08:00) 2017-11-20 18:26:40

म्यामारका राष्ट्रपति ऊ हतिन क्यावले हिजो नोभेम्बर उन्नाइस तारिख राष्ट्रपति भवनमा चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा ऊ हतिन क्यावले राष्ट्राध्यक्ष सी चिन फिङलाई आफ्नो हार्दिक अभिवादन र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिवमा सी चिन फिङ पुनःनियुक्त हुनु भएकोमा शुभकामना दिन वाङ यीलाई अनुरोध गर्नुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिन फिङको बेल्ट एन्ड रोड इनिसिएटिभले अन्तर्राष्ट्रिय सहयोगलाई बढाएको र म्यामारले चीनसँग त्यसको निर्माण गर्ने प्रकृयालाई छिटो पार्ने इच्छा लिएको विचार व्यक्त गर्नुभयो। म्यामारले चीन-म्यामार आर्थिक कोरिडर निर्माण गर्ने प्रस्तावमा उच्च प्रशंसा गरी त्यसका लागि चीनसँग सहयोग गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्राध्यक्ष सी चिन फिङको हार्दिक अभिवादन ऊ हतिन क्यावलाई सुनाउनुभयो। चीनले म्यामारलाई वेल्ड एन्ड रोड इनिसिएटिभको महत्वपूर्ण सहयोगी साझेदारीको रुपमा राखेको भन्दै म्यामारको राष्ट्रिय विकास योजना र व्यावहारिक चाहनाको आधारमा चीन-म्यामार आर्थिक कोरिडरको निर्माण गर्न चीन इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु