फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुन्दर च्याङ्ग सु,शुभ थाइ चौ" शीर्षकको प्रचारप्रसार बैठक सुरु

(GMT+08:00) 2017-11-21 14:27:00

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआर्इ अनलाइनद्वारा संयोजन गरिएको "सन् 2017 चीनका लागि विदेशी कूटनीतिज्ञको च्याङ्ग सु यात्रा" शीर्षकको कार्यक्रममा भाग लिने विदेशी कूटनीतिज्ञहरुले यस नोभेम्बर चौध तारिख च्याङ्ग सुको थाइ चौमा पुगेर त्यहाँ आयोजना भएको "सुन्दर च्याङ्ग सु,शुभ थाइ चौ" शीर्षकको प्रचारप्रसार बैठकमा भाग लिएका छन्।

थाइ चौ शहरका मेयर श लि जुनले यस बैठकमा थाइ चौको आर्थिक तथा सामाजिक विकास अवस्थाको जानकारी दिनुका साथै चीनका लागि सात मुलुकका कूटनीतिज्ञहरुको स्वागत गर्नुभएको छ। उहाँले अतिथि कूटनीतिज्ञहरुले थाइ चौको इतिहास र विकासको अनुभव गरी थाइ चौका बासिन्दाको हार्दिक शुभकामनालाई विश्वका विभिन्न स्थलमा पुर्‍याउनसक्ने आशा गर्नुभएको छ।

चीनका लागि अफ्गानिस्तानको राजदूतावासका मिनिस्टर मार्दन अलि कासेमीले उक्त बैठकमा सम्बोधन गर्दै अन्य विदेशी कूटनीतिज्ञसँग थाइ चौको परम्परा र मानवीय भावनाको अनुभव गर्ने अवसर पाएकोमा एकदमै खुशी लागेको व्यक्त गर्नुभएको छ। उहाँले थाइ चौको भ्रमणबाट चिनियाँ जनताको गहन मित्रताको अनुभव लिने विश्वास गर्नुभएको छ।

जानकारी तथा लेखहरु