फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानको शान्ति र विकासका लागि निरन्तर सहयोग गर्न चीनको आह्वान

(GMT+08:00) 2017-11-21 17:36:22

हिजो नोभेम्बर बीस तारिख संयुक्त राष्ट्र संघको महाधिवेशनमा अफगानिस्तान समस्याको छलफलको अवसरमा संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि मण्डलका अस्थायी प्रतिनिधि ऊ हाई थाउले अफगानिस्तानको शान्ति र विकासका लागि निरन्तर रुपमा सहयोग गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभयो।

प्रतिनिधि ऊले अफगानिस्तानको शान्ति र स्थिरतासँग आफ्ना मुलुकका जनताहरुको हित घनिष्ट सम्बन्ध रहेको भन्दै क्षेत्रीय सुरक्षा, स्थिरता, विकास र समृद्धिका लागि धेरै महत्वपूर्ण प्रभाव रहेको बताउनुभयो। उहाँले चीनले आर्थिक समाजको विकास, राष्ट्रिय मेलमिलाप बढाउनेमा अफगानिस्तान सरकारले गरेको प्रयासलाई सराहना व्यक्त गर्नुभयो। उहाँले अफगानिस्तानसँग राजनीतिक, आर्थिक र सुरक्षा आदि क्षेत्रमा धेरै गम्भिर चुनौति रहेको पनि बताउनुभयो।

प्रतिनिधि ऊले अफगानिस्तानले शान्ति, स्थिरता र विकासलाई साकार बनाउनका लागि चीनले अन्तर्राष्ट्रिय समाजसँग-सँगै प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु