फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइ हान पा वनलाई संयुक्त राष्ट्र संघको "पृथ्वीको रक्षा सम्बन्धी पुरस्कार"

(GMT+08:00) 2017-12-06 18:46:36

स्थानीय समय हिजो डिसेम्बर ५ तारिख, केनियाको राजधानी नाइरोबिमा आयोजित संयुक्त राष्ट्र संघको तेस्रो वातावरण सम्मेलनमा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले चीनको साइ हान पा वनले सन् २०१७ को संयुक्त राष्ट्र संघको सर्वोच्च पुरस्कार- "पृथ्वीको रक्षासम्बन्धी पुरस्कार" प्राप्त गरेको घोषणा गरेको छ।

साइ हान पा वन चीनको ह पै प्रान्तको उत्तरी भागमा छ। त्यसको क्षेत्रफल ९३ हजार हेक्टर रहेको छ। इतिहासमा त्यसलाई अति दुरुपयोग गरिएपछि त्यसको क्षेत्रफल घटेको थियो। सन् १९६२ देखि साइ हान पा वनका निर्माणकर्ताहरुले अथक प्रयास गरी त्यसको बृक्षारोपण दर ११.४ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुर्‍याएका छन्।

1  2  
जानकारी तथा लेखहरु