फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वृक्षरोपणबाट हरित विकास भएको साइ हान पा

(GMT+08:00) 2017-12-06 18:53:58
 पैचिङदेखि दुई सय किलोमिटरमा रहेको उत्तरी भागमा विश्वको सबैभन्दा ठूलो कृत्रिम वन रहेको छ। यो ह पै प्रान्तको साइ हान पा वन हो। बिगत आधा शताब्दीमा अनेकन पुस्ताका साइ हान पाबासीहरुले "बालुवामा वृक्षरोपण " गरेर आश्चर्यजनक सिर्जना गर्नुका साथै बन तथा त्यस वरिपरी क्षेत्रको आर्थिक तथा सामाजिक हरित विकासलाई अघि बढाएका छन्।

समुद्री सतहदेखि १५०० मिटरको उचाईमा रहेको साइ हान पा पैचिङबाट नजिकै छ। पहिले त्यो पैचिङ क्षेत्रको मरुभूमि हावापानी भएको ठाउँ थियो। अहिले त्यो परिस्थिति परिवर्तन भई सन् १९६२ देखि चीन सरकारले साइ हान पामा बनको स्थापना गरेको थियो। यस्तो अग्लो तथा चिसो ठाउँको कठिन अवस्थामा साइ हान पाबासीहरुले बैज्ञानिक भावना बमोजिम विरुवा तथा रुख रोपेर समस्याको समाधान गरी बीस वर्षमा साठी हजार हेक्टरमा वृक्षरोपण गरेका छन्। दर्जनौँ वर्षको अथक प्रयासपछि साइ हान पा अहिले विश्वमा सबैभन्दा ठूलो कृत्रिम बन बनेको छ।

जानकारी तथा लेखहरु