फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा क्वाङ चौ फर्च्युन ग्लोबल फोरम 2017 लाई शुभकामना

(GMT+08:00) 2017-12-06 18:57:55

 क्वाङ चौ फर्च्युन ग्लोबल फोरम 2017 आज डिसेम्बर छ तारिख चीनको क्वाङ चौमा शुरु भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो फोरमलाई शुभकामना सन्देश पठाउँदै चीन खुला हुने द्बार बन्द नहुने बरु अझ फराकिलो रुपमा खुला हुनुका साथै कारोबारको वातावरण झन् खुलस्त, स्पष्ट र व्यवस्थित हुने कुरा औँल्याउनुभएको छ।

आफ्नो संदेशमा राष्ट्राध्यक्ष सीले केही समयअघि सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी कार्यक्रम र विकास हुने रोड म्यापको तर्जुमा गरेको जानकारी दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, यस पटकको फोरमको मुख्य विषय खुलापन र सिर्जनशीलता: अर्थतन्त्रको नयाँ प्रारुपको स्थापना भन्ने रहेको छ। फोरममा सहभागी अतिथिहरूले विश्वको विकास सामु देखा परेका महत्वपूर्ण विषयहरूबारे विचार-विमर्श गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु