फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घले गाउँमा बढ्दैछ पर्यटकको चाप

(GMT+08:00) 2017-12-08 18:19:44

लमजुङको घले गाउँका हरेक होमस्टेले अहिले मासिक कम्तीमा ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। पर्यटक आएपछि गाउँमा उनीहरूलाई थप सेवासुविधाका लागि पार्क, भ्यू टावर, सामुदायिक भवन, गुरुङ संग्रहालय, क्होइँबो धीं (गुरुङ पुरोहितको मन्दिर), गुरुङ जातिको अन्तिम राजा क्याल्बो रोजाक्ले (घले) को सालिकलगायत संरचना निर्माण गरिएको नेपाल खबर अनलाइनले लेखेको छ। त्यहाँ खेलकुदका संरचना निर्माण भएका छन्।

गाउँको विकासमा लाग्दै गर्नु भएका प्रेम घले स्थानीय तह निर्वाचनपछि क्व्होलासोंथर गाउँपालिकाको अध्यक्ष हुनु भएको छ। 'सुरुमा गाउँमा पर्यटक बोलाउन जाँदा, कार्यक्रम गर्न खोज्दा कसैले सहयोग नगर्दा रुन मात्रै सकिनँ। कति ठाउँमा रुँदै पनि हिँडें। पछि गाउँले दाजुभाइ बुझ्ने भए। सरकारले पनि सहयोग गर्न थाल्यो' उहाँले भन्नुभयो, 'घलेगाउँलाई संसारमा चिनायौं। सार्क भिलेज पनि घोषणा भयो।' उहाँका अनुसार अहिले घलेगाउँ भनेपछि पर्यटक हुरुक्कै हुन्छन्। पर्यटक आएको देख्दा उहाँलाई गौरव र आनन्दको अनुभूति हुन्छ।

घलेगाउँमा अहिले पर्यटकको चापाचाप छ। होमस्टेमा राख्ने ठाउँ नभएर थप व्यवस्थापन गरिएको घरमा पर्यटक राख्नुपरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने घलेगाउँमा बाह्यभन्दा आन्तरिक पर्यटकको भीडभाड छ।

जानकारी तथा लेखहरु