फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिकित्सा बिमाद्वारा चिङ काङ शान शहर गरिबी मुक्त

(GMT+08:00) 2017-12-15 11:01:07
चालू वर्ष चिङ काङ शान शहरले चीनभरिमा पहिलोपटक गरिबी मुक्त भएको घोषणा गरेको छ। चिङ काङ शान शहरका चार हजार गरिब परिवारले नयाँ जीवनको थालनी गरेका छन्। चिकित्सा बिमाले चिङ काङ शान गरिबबाट मुक्त हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हालैका वर्षहरूयता चिङ काङ शान शहरले "स्वास्थ्य राहत गरिबी निवारण" नयाँ नीति प्रस्तुत गरेको छ।

चिङ काङ शान शहरको चिकित्सा बिमा व्यवस्थापन व्यूरोका निर्देशक लिउ च्या युकाअनुसार, सम्पूर्ण रुपमा गरिबीबाट मुक्त हुनुअघि रोगका कारण गरिब बनेका परिवारले समस्त गरिब परिवारको आधा खण्ड ओगटेका थिए। सन् 2006 मा चिङ काङ शान शहरले आधारभूत चिकित्सा बिमा प्रस्तुत गर्न थालेको थियो। सन् 2014 मा स्थानीय क्षेत्रले ठूलो रोगको बिमा र आकस्मिक घटना बिमा प्रस्तुत गरेको थियो। सन् 2015 मा गरिब परिवारका लागि अतिरिक्त चिकित्सा बिमा प्रस्तुत गरिएको थियो। सन् 2016 मा गम्भीर रोगको बिमा प्रस्तुत गरिएको थियो। चिङ काङ शान शहरको "पाँचवटा प्रत्याभूति बिमा"ले स्वास्थ्य राहत गरिबी निवारणलाई सुचारु रुपमा संचालन गर्न प्रत्याभूति गरेको र गरिबी निवारणको गति प्रदान गरेको छ।

चिङ काङ शान शहरको चिकित्सा बिमा व्यवस्थापन व्यूरोका निर्देशक लिउ च्या युकाअनुसार, ती पाँचवटा प्रत्याभूति बिमाले डाक्टरलाइ देखाउनु र ‌औषधीको खर्चको समाधान गर्नुका साथै गैर-चिकित्सा खर्च र जीवन खर्चको पनि समाधान गरेको छ। त्यसैले अब रोगीहरूले चिकित्सा खर्चप्रति चिन्ता लिनु पर्ने अवस्था छैन।

स्वास्थ्य राहत गरिबी निवारणका क्रममा स्थानीय अधिकारीहरूले ग्रामीण क्षेत्रका गरिब परिवारमा गई वासिन्दाको ठोस अवस्थाबारे जानकारी लिएका र उनीहरूलाई "रातो कार्ड परिवार" र "निलो कार्ड परिवार"को रुपमा विभाजन गरेका थिए। एक परिवारका प्रति व्यक्तिको सरदर वार्षिक आम्दानी 2 हजार 7 सय 36 चिनियाँ युआनभन्दा कम भएका परिवारलाई "रातो कार्ड परिवार"को रुपमा सूचिकृत गरिएको थियो। सन् 2015 देखि "रातो कार्ड परिवार"का किसानहरूले चिङ काङ शानको चिकित्सा राहत गरिबी निवारणका विभिन्न नीतिको उपभोग गर्न थाले। एक परिवारका प्रति व्यक्तिको सरदर वार्षिक आम्दानी 2 हजार 7 सय 36 चिनियाँ युआन बराबर भएका परिवार "निलो कार्ड परिवार"को रुपमा सूचिकृत गरिएको थियो। ती परिवारका किसानहरूले सन् 2016 देखि सहुलियत नीतिको उपभोग गर्न थाले। मृगौला रोगबाट पीडित भएका कारण गरिब बनेका चाङ यु मै "रातो कार्ड परिवार"का सदस्य हुन्। चालू वर्षदेखि 44 वर्षीय चाङ यु मैसँग सुखमय परिवार थियो। उनका श्रीमानले सानो व्यापार गरेका छन्। दुई जना बालबालिकाहरु विद्यालयमा पढिरहेका छन्। सन् 2006 मा उनलाई मृगौला समस्या भयो। उनले रोग निको बनाउनका लागि परिवारको सबैको पैसा खर्च गरिन्। सन् 2015 मा स्थानीय सरकारले गरिब परिवारका लागि अतिरिक्त चिकित्सा बिमा प्रस्तुत गरेको थियो। चाङ यु मैकाअनुसार, पाँच वटा प्रत्याभूति बिमाले उनी र उनको परिवारलाई इच्छा दिएको छ। चाङ यु मै भन्छिन् "सन् 2015 पछि रोगको उपचार गर्दा हामीले आफ्नो पैसा खर्च गर्नुपर्दैन। चालू वर्षको जनवरीदेखि जुलाईसम्म मेरो चिकित्सा खर्च 44 हजार चिनियाँ युआन पुगेको छ। आधारभूत चिकित्सा बिमाले मलाई 13 हजार चिनियाँ युआन उपलब्ध गराएको छ। ठूलो रोगको बिमाले मलाई 13 हजार चिनियाँ युआन उपलब्ध गराएको छ। अतिरिक्त चिकित्सा बिमाले मलाई 16 हजार चिनियाँ युआन उपलब्ध गराएको छ। गम्भीर रोगको बिमाले मलाई 15 हजार चिनियाँ युआन उपलब्ध गराएको छ। मलाई जम्मा 57 हजार चिनियाँ युआन उपलब्ध गराइएको छ। यस्तो विमामा रोगको उपचार गर्नका लागि खर्च गरिएको रेल टिकट, आबास, खाना पैसा समाटिएको छ।"

सन् 2017 को शुरुमा चिङ काङ शान शहर सम्पूर्ण रुपमा गरिबबाट मुक्त भएका तर गरिब परिवारलाई दिइएको स्वास्थ्य राहत गरिबी निवारण नीति सन् 2020 सम्म चल्ने छ। चिङ काङ शान शहरको चिकित्सा बिमा व्यवस्थापन व्यूरोका निर्देशक लिउ च्या यु भन्नुहुन्छ "गरिबबाट मुक्त भएका तर गरिबी निवारण नीति निरन्तर रुपमा चल्ने छ। स्वास्थ्य राहत गरिबी निवारण नीति सन् 2020 सम्म चल्ने छ।"

जानकारी तथा लेखहरु