फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2017-12-15 16:48:26

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो चौध तारिख चीनको भ्रमणमा रहनुभएका दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनसँग भेट-वार्ता गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीले चीन र दक्षिण कोरियाको दौत्य सम्बन्ध स्थापनाको 25औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति मुन जाइनको चीन भ्रमणको स्वागत गर्नुभयो। उहाँले चीन र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको 25 वर्षदेखि दुवै मुलुकले विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोगमा धेरै सफलता प्राप्त गरेको बताउनुभयो। उहाँले त्यसअघि चीन र दक्षिण कोरियाबीचको सम्बन्धमा केही समस्या देखिएपनि चीनले दक्षिण कोरियासँगको सम्बन्धलाई महत्व दिएको बताउनुभयो। उहाँले चीनले दक्षिण कोरियासँग-सँगै जनहितका लागि आपसी सम्मान, पारस्परिक लाभ र साझा समृद्धिको आधारमा दुवै मुलुकको रणनैतिक सहयोग साझेदारी सम्बन्धलाई स्थिर रुपमा सही बाटोमा बढाउन चाहेको औंल्याउनुभयो।

         उहाँले दक्षिण कोरियालाई "एक पेटी एक मार्ग"मा सहभागिताका लागि चीनले स्वागत गर्नुका साथै पारस्परिक लाभ र साझा समृद्धिको सहयोग मोडबारे सकारात्मक छलफल गर्दै साझा विकासको सपना साकार तुल्याउनुपर्ने बताउनुभयो।

         प्रत्युत्तरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनले सर्वप्रथम नानचिङ नरसंहारका मृतकको सम्झनामा राष्ट्रिय बलिदान दिवसको अवसरमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले दक्षिण कोरिया र चीन आपसमा महत्वपूर्ण छिमेकी मुलुक र सहयोग साझेदार भएको भन्दै दक्षिण कोरिया "एक पेटी एक मार्ग"मा सकारात्मक रुपमा सहभागी हुने इच्छा राखेको सुनाउनुभयो।

          दुवै मुलुकका नेताले कोरियाली प्रायद्वीपको परिस्थितिबारे छलफल गर्नुभयो। राष्ट्राध्यक्ष सीले "थाड" समस्यामा चीनको अडानको पुनःपुष्टी गर्नुका साथै दक्षिण कोरियाले यो समस्याको राम्रो समाधन गर्नसक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो।

जानकारी तथा लेखहरु