फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, आपसी सम्बन्ध र कोरियाली प्रायद्वीपबारे छलफल

(GMT+08:00) 2017-12-15 17:54:15

        रुसी राष्ट्रपति इन्टर्नेट समाचार अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौध तारिख राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरूले दुवै मुलुकबीचको सम्बन्ध र कोरियाली प्रायद्वीप समस्याबारे छलफल गर्नुभयो।

        थाहाभए अनुसार, दुवै मुलुकका राष्ट्रपतिले आपसी सम्बन्ध विकासमा तत्कालीन समस्या तथा केही क्षेत्रीय समस्याबारे छलफल गर्नुभयो। दुवै मुलुकका नेताले उच्चस्तरिय आदान-प्रदान कायम राख्ने धारणा प्रकट गर्नुभयो।

        अमेरिकी संचारमाध्यमका अनुसार, अमेरिकी ह्वाइट हाउसले चौध तारिख एउटा वक्तव्य प्रकाशित गर्दै वार्षिक पत्रकार सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले अमेरिकाले आर्थिक विकासमा प्राप्त गरेको सफलताप्रति सराहना प्रकट गर्नुभयो। दुवै मुलुकका राष्ट्रपतिले कोरियाको तनावपूर्ण परिस्थितिको समाधान गर्नका लागि संयुक्त सहयोग गर्नेबारेमा छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

जानकारी तथा लेखहरु