फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबारे रूसी राष्ट्रपतिको मूल्याङ्कनप्रति चीन प्रसन्न

(GMT+08:00) 2017-12-15 18:33:27

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले चीन-रुस सम्बन्धमाथि चिनियाँ राष्ट्रपति भ्लादिमिर पुटिनको मूल्याङ्कनलाई चीनले पूर्ण रुपमा स्वीकार्दै आपसी सम्बन्धको विकास नै चीन र रुसबीच दीर्घकालीन रणनीतिक छनौट भएकाले अन्तर्राष्ट्रिय परिस्थितिमा भएको परिवर्तनले यो सम्बन्ध प्रभावित नहुने बताउनुभएको छ।

       आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। हाल रुसका राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनका निर्णयको उच्च प्रशंसा गरी सो निर्णय र रुसको अडानबीच निकै मेल खाएको तथा चीनसँगको सम्बन्ध विकासमा सारा रुसी समाज सहमत रहेको बताउनुभएको थियो। त्यसको प्रतिकृयामा प्रवक्ता लु खाङले दुई देशका नेताको रणनीतिक निर्देशनमा नयाँ वर्षमा चीन-रुस सम्बन्ध अझ ठूलो रूपमा विकसित भएर दुई देशका जनतामा अझै फाइदा पुर्‍याउनसक्ने साथै विश्व शान्ति, सुरक्षा र समृद्धिको लागि अझ ठूलो योगदान गर्नसक्ने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु