फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुसको पहिलो हप्ता पोखरामा हुने

(GMT+08:00) 2017-12-16 17:55:19

          अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुसको पहिलो हप्ता पोखरामा हुने भएको छ। पोखरा फिल्म सोसाइटीको आयोजनामा पुष ६ गतेदेखि ८ गतेसम्म पोखरा सभागृहमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको तेश्रो संस्करण हुन लागेको हो।

         ३ दिनसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रर्दशन गरिने महोत्वसका संयोजक सरोज सापकोटाले जानकारी दिनुभयो। थाहा भएअनुसार १ सयभन्दा बढी देशका ९ सय चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएका थिए। ती चलचित्रबाट २५ नेपाली र १८ विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको पोखरा फिल्म सोसाइटीका उपाध्यक्ष जितेश प्रधानले बताउनुभयो।

         महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसनलगायतका चलचित्र प्रदर्शन गरिनेछन्। समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई प्राथमिकताका साथ महोत्वसमा प्रदर्शनका लागि समावेश गरिएको छ।

         हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवद्र्धनमा चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्र्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ। सोसाइटीले ३ वर्षदेखि डिसेम्बर महिनामा महोत्सव गर्दै आइरहेको अनलाइन खबर लेखेको छ।

जानकारी तथा लेखहरु