फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि वार्ताको बाटोमा फर्कन चीनको आग्रह

(GMT+08:00) 2017-12-16 17:59:20

       चीन र दक्षिण कोरियाका नेताले चौध तारिख आयोजित वार्तामा कोरियाली प्रायद्वीप परिस्थितिबारे छलफल गरेका छन्। पन्ध्र तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले विभिन्न पक्षले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि वार्ताको सही बाटोमा फर्कन आग्रह गर्नुभएको छ।

         दक्षिण कोरियाली राष्ट्रपति भवनका अधिकारीले जनाएअनुसार चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइन कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताका चारवटा सिद्धान्तमा एकमत भएका छन्। हिजो आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारले सो बारे चीन र दक्षिण कोरियाबीच कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताका चार सिद्धान्तमा मतैक्यता भएको बारे जिज्ञासा राख्दा प्रवक्ता लुले यसबारे प्रतिक्रिया दिनुभएको हो।

         प्रवक्ता लुले चीन र दक्षिण कोरियाले वार्तामार्फत् कोरियाली प्रायद्वीपलाई आणविक हतियार रहितको योजना साकार तुल्याउने भन्दै कोरियाली प्रायद्वीपको शान्ति र स्थिरतामा सुरक्षाको साझा हित र समान स्थिति रहेको पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु