फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइन र इजरेल शान्तिकामी गोष्ठी चीनमा हुने

(GMT+08:00) 2017-12-16 18:00:22

         चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले पन्ध्र तारिख चीनले एक्काईस तारिखदेखि बाईस तारिखसम्म पैचिङमा प्यालेष्टाइन-इजरेल शान्तिकामी गोष्ठी आयोजना हुने जानकारी दिनुभएको छ। प्यालेष्टाइनी राष्ट्रपतिका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार नाबिल शाथ र इजरेली संसदका उपसभामुख यहिल हिलिक पार यस पटकको गोष्ठीमा सहभागी हुनुहुनेछ।

         प्रवक्ता लुले संयुक्त राष्ट्रसंघको स्थायी सदस्य मुलुक चीनले मध्य पूर्वी शान्ति प्रक्रियालाई निरन्तर रुपमा समर्थन गर्नुका साथै सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।

        उहाँले यस वर्षको जुलाईमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र प्यालेष्टाइनका राष्ट्रपति महम्मोद अब्बासबीच भेट-वार्ताको अवसरमा प्यालेष्टाइन समस्याको समाधानलाई अगाडि बढाउनका लागि राष्ट्राध्यक्ष सीले चार वटा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

       प्रवक्ता लुले राष्ट्राध्यक्ष सीको चार वटा प्रस्तावको कार्यन्वयन गर्नका लागि चीनले प्यालेष्टाइन र इजरेल शान्ति मान्छे बीचको गोष्ठि आयोजना हुने छ।

जानकारी तथा लेखहरु