फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धि मन्त्रीस्तरिय बैठक सुरक्षा परिषदमा

(GMT+08:00) 2017-12-16 18:08:23

      संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा १५ तारिख कोरियाली प्रायद्वीपपको आणविक समस्या सम्बन्धि मन्त्रीस्तरिय खुला सम्मेलन आयोजित भएको छ। सो सम्मेलनमा प्रायद्वीपको आणविक समस्या तथा वर्तमान परिस्थितिबारे छलफल गरिएको छ। राष्ट्र संघका महासचिव अन्टोनिओ गुटेर्रेस, अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन, राष्ट्र संघका लागि उत्तर कोरियाली आवासीय प्रतिनिधि जा सोङ नाम तथा राष्ट्र संघको लागि चिनियाँ कार्यकारी प्रतिनिधि उ हाइथाउले भाग लिनुभइ सम्बोधन गर्नुभएको छ।

       जापानी विदेशमन्त्री तारो कोनोको अध्यक्षतामा आयोजित सो सम्मेलनमा महासचिव गुटेर्रेसले कोरियाली प्रायद्वीपलाई आणविकरहित पार्न तथा अथक शान्ति वार्ताको लागि मौका सिर्जना गर्न उत्तर कोरियाले सुरक्षा परिषदका सम्बद्ध निर्णय-प्रस्तावको पालना गर्न फेरि आह्वान गर्नुभएको छ। साथै उहाँले सुरक्षा परिषदका सदस्यहरूले एकताबद्ध भएर प्रायद्वीपलाइ आणविकरहित पार्ने कूटनैतिक प्रयास गर्न पनि ताकिता गर्नुभएको छ।

         सो सम्मेलनमा सहभागी अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले माथि बढ्दै गएको उत्तर कोरियाको आणविक क्षमता अमेरिका लगायत विश्वको सुरक्षाको प्रथम धम्की भएको दाबी गर्नुभयो। अमेरिकाले सबै आवश्यक कदम चाली आफ्नो संरक्षण गर्ने कुरा पनि उहाँले औंल्याउनुभयो। उहाँले अन्तर्राष्ट्रिय समाजले अडानमा रहेर, उचित कदम चालेर, सुरक्षा परिषदका सम्बद्ध निर्णय-प्रस्ताव कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो।

         त्यसक्रममा उत्तर कोरियाली प्रतिनिधि जा सोङ नामले आफ्नो सम्बोधनमा उत्तर कोरिया आणविक अस्त्रको अडानबाट पछि नहट्ने बताउनुभयो। साथै उहाँले अमेरिकाबाट आएको आणविक धम्कीको प्रतिरोधमा आफ्नो सत्ता तथा भूभागको अक्षुण्णताको संरक्षण गर्नु आवश्यक भएकोले आणविक अस्त्र विकास गरेको दावी गर्नुभयो। बितेका वर्षहरूमा अमेरिका तथा दक्षिण कोरियाबीचको लगातार सैन्य अभ्यास नै कोरियाली प्रायद्वीपको शान्तिमा दिँदै आएको धम्की भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो।

        संयुक्त राष्ट्र संघका लागि कार्यकारी चिनियाँ प्रतिनिधि उ हाइथाउले सुरक्षा परिषदको निर्णय-प्रस्ताव विपरीत उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र योजना गर्दै आएकोमा चीनले कडा विरोध गरिरहेको पुष्टी गर्नुभयो। सम्बद्ध विभिन्न पक्षहरूले शीत युद्धका विचारहरू पन्छाएर संयुक्त, सहयोगात्मक, दिगो सुरक्षात्मक दृष्टि राख्नुपर्नेमा उले जोड दिनुभएको छ। कोरियाली प्रायद्वीपलाइ आणविकरहित पारेर उत्तर पूर्वी एशियामा दीर्घकालीन सुरक्षा तथा विभिन्न मुलुकका जनताको हित-कल्याणको लागि राजनैतिक तथा कूटनैतिक उपायमार्फत विद्यमान समस्याको समाधान गर्न खोज्नुपर्ने पनि उहाँको धारणा थियो।

जानकारी तथा लेखहरु