फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राष्ट्रिय संग्रहालयका ३० वटा सिर्जना चीनमा प्रदर्शित

(GMT+08:00) 2017-12-16 18:09:43

    'बुद्धको जन्मथलो—नेपाल राष्ट्रिय संग्रहालयका सिर्जनाको प्रदर्शनी' डिसेम्बर १५ तारिख छङतु प्रान्तीय आनरन टाउन्सिपमा शुरू भएको छ। ३ महिने सो प्रदर्शनीमा प्रदर्शित राष्ट्रिय संग्रहालयका ३० वटा संरचना चिनियाँसमक्ष देखाइएको यो पहिलो पटक हो।

       अखिल चीन संस्कृति प्रवर्द्धन समिति तथा नेपाल राष्ट्रिय संग्रहालयको संयोजनमा आयोजित यस प्रदर्शनीमा बुद्धका तीन रूपमा आधारित भूत, वर्तमान र भविष्य तथा जीवनबारेका चारवटा प्रदर्शनी क्षेत्र छुट्याइएको छ। ती मूल्यवान पुरातात्विक वस्तुहरूको यो पहिलो चीन भ्रमण मात्र होइन तीमध्येका अधिकाँश पहिलो पटक नेपालबाट अन्य मुलुक पुगेको पनि यो पहिलो पटक भएको जानकारी पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालले दिनुभयो।

         चीनको लागि नेपाली राजदूताबासका मिनिस्टर बिनोद आचार्यले काठमाडौं र छङतुबीच भगिनी सम्बन्ध राखेर प्रत्यक्ष हवाई उडान भएको साथै छङतु प्रान्तीय आनरन चीनमा संग्रहालयको राजधानी मानिएका कारणले यस पटकको प्रदर्शनी आनरनमा राखिएको बताउनुभयो। सछवान प्रान्तीय वैदेशिक मामिला कार्यालयका पदाधिकारी ह क्वाङ स्यानले सो प्रदर्शनी मार्फत पारस्परिक आदानप्रदान तथा सहयोगलाइ अघि बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु