फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदुरपश्चिममा सिकाइ मेला, मेलाको मूलविषय– पढौँ, सिकौं र जानौँ ।

(GMT+08:00) 2018-01-09 14:15:49

राष्ट्रिय प्रारम्भिक तह पढाइ कार्यक्रमले निर्धारण गरेको मापदण्डअनुसार कक्षा ३ मा पढ्ने विद्यार्थीको पढाइ गति प्रतिमिनेट ६० शब्द हुनुपर्छ । एक वर्षमा १ हजार शब्द जानेको हुनुपर्छ । तर एक अध्ययनअनुसार सुदुरपश्चिमको कालिकोटका अधिकांश कक्षा ३ का विद्यार्थीको पढाइ गति प्रतिमिनेट ३० शब्दभन्दा पनि कम छ ।

यही कमजोरी हटाउन सधैजसो राजनैतिक मेला लाग्ने कालिकोटमा विद्यार्थीहरूका लागि सिकाइमेला लागेको छ । मेलाको मूल नारा थियो– पढौँ, सिकौं र जानौँ ।

मान्ममा आयोजना गरिएको यो जिल्ला स्तरीय मेलाको मुख्य उद्देश्य कक्षा एक, दुई र तीनका विद्यार्थीको पढाइ राम्रो बनाउनु थियो । उनीहरूको लेखाइ सुधार्नु यसको अर्को लक्ष्य थियो । मेलामा शिक्षक, अभिभावक र बालबालिकाले बनाएका सयौं शैक्षिक सामग्री राखिएका थिए । मेला हेर्न गाउँ– गाउँबाट शिक्षक, अभिभावक र विद्यार्थी भेला भएका थिए । सिकाइ मेलाबाट जिल्लामा पहिलो पटक अन्तर–विद्यालय सिकाइ आदानप्रदान भएको निमित्त जिल्ला शिक्षा अधिकारी जसीप्रसाद चौलागाईंले बताउनुभयो।

मेलामा सहभागी बालबालिकाले कथा, कविता, गीत, गजल र चुट्किला सुनाएका थिए। कतिले आफैं चित्र बनाएका थिए । कति अरू विद्यालयका साथीले बनाएका चित्र र शैक्षिक सामग्री हेरेर रमाएका थिए। शैक्षिक अभियानसम्बन्धी देउडा, सडक नाटक र विद्यालयले बनाएका हेलिकोप्टर मेलाका विशेष आकर्षण थिए ।

जानकारी तथा लेखहरु