फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिमका जडीबुटी निकासी

(GMT+08:00) 2018-01-10 13:47:15

हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ। हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्ष ०७४÷७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति दिएको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाको दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भइसकेको छ। एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले संकलन तथा पैठारीको अनुमति लिने गरेका छन्। सेतक चिनी एक हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल संकलन गरी नेपालगञ्ज पठाइएको छ। यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी आठ सय किलो, सुगन्धवाल पाँच सय किलो, पदमचाल पाँच सय किलो, कटुकी चार सय किलो, सुनाखरी सुनगाभा एक सय किलो तथा सफेज दुई हजार सात सय किलो संकलन गरिएको छ।

सामुदायिक वन र राष्ट्रिय वनबाट जडीबुटी संकलन गर्न पाउने प्रावधान छ। राष्ट्रिय वनबाट संकलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजस्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताउनुभयो।

जानकारी तथा लेखहरु