फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षेनी हुने जोरू जुधाइ प्रतियोगितामा यसपालि १८ हल गोरु भिड्ने

(GMT+08:00) 2018-01-11 14:18:43

माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल गोरु दर्ता भएका छन्। तारुकाको चन्दनी पाटोमा 'बुलफाइट'को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको 'माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था'का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिनुभयो।

नागरिकन्यूज डटकमका अनुसार पुस २६ गते १८ हल गोरु दर्ता भएको जानकारी दिइएको छ।

मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेको साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्यांकरमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ।

गोरु जुधेको हेर्न आउनेका लागि मञ्च र प्याराफिट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षकले बताए। गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म सहज बनाउन गल्छी–देवीघाट सडक खण्ड दैनिक आठ घन्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन आयोजनाले सहमति जनाएको छ । मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ ।

जानकारी तथा लेखहरु