फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई कोरियाबीचको उच्चस्तरीय वार्ताप्रति अन्तर्राष्ट्रिय समाज उत्साहित

(GMT+08:00) 2018-01-11 15:47:34

उत्तर कोरिया र दक्षिण कोरियाले यसै जनवरी नौ तारिख बोर्डस्टोरमा उच्चस्तरीय बैठकको आयोजना गर्दै उत्तर कोरियाद्वारा प्योङछाङ हिउँदे ओलम्पिकका लागि प्रतिनिधि मण्डल पठाउने、सैनिक लगायत धेरै क्षेत्र सम्बन्धी वार्ताको आयोजना गर्ने आदि विषयमा सहमति जुनाएका छन्। यसप्रति अन्तर्राष्ट्रिय समाजले स्वागत गर्दै यस प्रगतिले कोरियाली प्रायद्वीपका दुई पक्षबीचको सम्बन्ध सुधार गर्नुका साथै तनावपूर्ण क्षेत्रीय परिस्थितिलाई शिथिल पार्नका लागि सकारात्मक भूमिका सिर्जना गर्ने ठहर पनि गरेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनि‌यो गुटेर्रेसले प्रवक्तामार्फत वक्तव्य सार्वजनिक गर्दै यस उच्चस्तरीय बैठकमा प्राप्त सकारात्मक प्रगतिको स्वागत गर्नुभएको छ। उहाँका अनुसार उत्तर कोरिया र दक्षिण कोरियाबीचको यस्तो सम्पर्कले गलत बुझाइबाट हुने जोखिमलाई शान्त पार्दै तनावपूर्ण क्षेत्रीय परिस्थिति शिथिल पार्नका लागि महत्वपूर्ण भावार्थ सिर्जना गरेको छ।

अमेरिकी राज्य परिषदका प्रवक्ता हेथर न्युअर्टले यसै नौ तारिख वक्तव्य सार्वजनिक गर्दै यस उच्चस्तरीय बैठकले प्योङछाङ हिउँदे ओलम्पिकको सुरक्षा प्रत्याभूति गर्नुका साथै अमेरिकाले पनि स्वागत गरेको छ। अमेरिकाले यस ओलम्पिक खेलकूद सुचारु रूपमा आयोजना हुनेमा जोड दिएको छ।

जानकारी तथा लेखहरु