फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौं"रेशमी मार्गमा किताबी सुगन्ध"विषयक तालिम कक्षा पैचिङमा सुरु

(GMT+08:00) 2018-01-11 19:01:13

पाँचौं"रेशमी मार्ग किताबी सुगन्ध" प्रेस तथा प्रकाशन वैदेशिक उच्चस्तरीय प्रबन्धकको तालिम कक्षा आजदेखि पैचिङ्गमा सुरु भएको छ। आज विहान यस कक्षाका सबै सदस्यहरुले"एक पेटी एक मार्ग"सम्बन्धी मुलुकको प्रतिनिधिको हैसियतले सन्2018 पैचिङ्ग पुस्तक अर्डर बैठकको शिखर मञ्चमा भाग लिएका छन्।

राष्ट्रिय जन काँग्रेसको शैक्षिक, वैज्ञानिक, सांस्कृतिक तथा स्वास्थ्य परिषदका प्रमुख ल्यु पिन चेले यस शिखर मञ्चमा भाषण दिनुका साथै उक्त तालिम कक्षामा भाग लिएका सबै सदस्यसँग भेटवार्ता गर्नुभयो। ती सदस्यहरुले चिनियाँ प्रकाशन संस्थासँगको व्यापक सहयोगलाई प्रवर्द्धन गर्नका लागि प्रयास गर्दै चीन र "एक पेटी एक मार्ग"सम्बन्धी मुलुकबीचको सहयोगको विकासका लागि साँस्कृतिक आधार सिर्जना गर्ने विचार व्यक्त गरेका छन्।

चीनको राष्ट्रिय प्रेस प्रकाशन, रेडियो तथा टेलिभिजन मुख्यालयको मुख्य संयोजनमा भएको यस तालिम कक्षाले श्रीलंका、बंग्लादेश、पाकिस्तान र मंगोलियाको प्रेस तथा प्रकाशन संस्थाका 18 जना प्रतिनिधिलाई स्वागत गरेको छ। बाहिरबाट चीन आउने निमन्त्रणाको तरीकाले चिनियाँ प्रकाशनलाई बाहिर जान प्रवर्द्धन गर्ने यस तालिम कक्षाको लक्ष्य रहेको छ। जसबाट एक पेटी एक मार्ग सम्बन्धी तटवर्ती मुलुकबीच प्रकाशन क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्नसकिने छ।

जानकारी तथा लेखहरु