हङकङको कूल क्षेत्रफल ११०६ वर्ग किलोमिटर मात्र छ भने जनसंख्या ७३ लाख पुगिसकेको छ। जग्गाजमिन कम तर मानिसहरू धेरै भएको यस्तो पृष्ठभूमिमा आकाशमा ठाउँ खोज्नु पर्ने अवस्था देखिएको छ। हाल हङकङमा १३०० वटा गगनचुम्बी भवनहरू छन् जुन विश्वमा अद्वितीय मानिन्छ। घनिभूत अग्ला भवनहरूले भरिएको हङकङ शहर र यसबीच बचेका केही खाली खाली ठाउँ यस शहरको एक आकर्षक र अद्भुत विशेषता बनिसकेको छ। आकाशबाट हङकङको गगनचुम्बी भवनका साथै कङ्क्रीट जङ्गलको दृश्य हेरौं।
1 2 3 4 5 6