फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र राष्ट्र संघको विकास कार्यक्रमद्वारा नेपाललाई मानवीय सहायता

(GMT+08:00) 2018-01-12 15:59:06

नेपालका लागि चिनियाँ राजदूत यू होङ्ग तथा संयुक्त राष्ट्र संघको विकास कार्यक्रम, नेपाल कार्यालयका प्रमुख रेनाउड मेयरले जनवरी एघार तारिख काठमाडौंमा नेपालको प्रकोपग्रस्त क्षेत्रको मानवीय उद्धार सामग्री सहायता सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका छन्।

सन्2017को अगस्ट महिनामा दक्षिण नेपालको तराई क्षेत्रमा 60वर्ष यताको गम्भीर बाढीबाट 35 वटा प्रकोपग्रस्त भएको थियो।

असी प्रतिशतभन्दा बढी भूमि बाढीले बगाएको थियो भने उक्त गम्भीर बाढीबाट 160 जनाको मृत्यु हुनुका साथै 43हजारभन्दा बढी घरवार विहीन भएका थिए।

नेपाल सरकारको अनुमानमा यस बाढीबाट प्रकोपग्रस्त संख्या लगभग सत्र लाख पुगेको थियो।

सन्2017को नोभेम्बर महिनामा, चीन सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पैचिङमा आर्थिक प्राविधिक सहयोग सन्धिमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार, चीन सरकारले दक्षिण-दक्षिण सहयोग कोषको सम्बन्धित योजनामार्फत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमलाई चालीस लाख अमेरिकी डलर प्रदान गरी दक्षिण नेपाल क्षेत्रमा मानवीय उद्धार सामग्री उपलब्ध गराउने छ। यस योजनामार्फत नेपालका दुई प्रान्तको सात क्षेत्रका तीन लाख अठार हजार प्रकोपग्रस्त परिवार लाभान्वित हुने जनाइएको छ।

जानकारी तथा लेखहरु