चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले जनवरी एघार तारिख बोल्दै अमेरिकी सिनेटले हालै थाईवान सम्बन्धी मसौदा पारित गरेर गम्भीर रुपमा एक चीनको नीति र चीन-अमेरिकाबीचका तीन वटा विज्ञप्तिको उल्लंघन तथा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा कडा विरोध प्रकट गर्नुभएको छ।
लु खाङ्गले चीनले अमेरिकालाई एक चीनको नीति र चीन-अमेरिकाबीचका तीन वटा विज्ञप्तिको पालना गरेर थाईवानसँग केही पनि औपचारिक आदानप्रदान र सम्पर्क नगर्ने र थाईवानको स्वतन्त्रता पक्षधरलाई गलत चिन्ह नदिने, चीन-अमेरिका सम्बन्ध तथा दुई पक्षले अन्तर्राष्ट्रिय मामिलामा रहेको सहयोगलाई संरक्षण गर्ने प्रतिवद्धता कायम राख्न चीनले ताकेता गरेको बताउनुभयो।