फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सार्वभौमिकता र भौगोलिक अक्षुण्णताका साथ चिनियाँ कानूनको पालना गर्नुपर्ने चीनको परराष्ट्र मन्त्रालयको भनाई

(GMT+08:00) 2018-01-12 18:10:31

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले चीनले विदेशी उद्योग-व्यवसायलाई लगानी गर्न चीन आउन स्वागत गरेको र साथै चीनमा संचालित विदेशी कम्पनीहरूले चीनको सर्वभौमिकता र भौगोलिक अक्षुण्णतालाई सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। साथै उहाँले चीनको कानूनको पालना गर्नुपर्ने, चिनियाँ जनताको राष्ट्रिय भावनालाई सम्मान गर्नुपर्ने कुरा नै कुनै पनि उद्योग-व्यवसायले लगानी गर्न र सहयोग गर्न अरु मुलुकहरूमा जाँदाका सबैभन्दा आधारभूत सिद्धान्त भएको दावी पनि गर्नुभएको छ।

प्रवक्ता लुले बाह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

हाल विदेशी उद्योग-व्यवसाय मैरियट समूह सदस्यको ई-मेल र ए.पी.पी.मा हङकङ, मकाउ, थाइवान, तिब्बतलाई देशको रुपमा राखेको पाइएको थियो। चीनका धेरै विभागहरूले मैरियट अन्तर्राष्ट्रिय होटेलमाथि आवश्यक कदम चाली छानबिन थालेका छन्।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै लुले उक्त उद्योग-व्यवसायका जिम्मेवार व्यक्तिले सार्वजनिक रूपमा क्षमायाचना गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु