फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनबीच टेलिफोन वार्ता

(GMT+08:00) 2018-01-12 18:36:33

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले एघार तारिख दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

वार्तामा राष्ट्राध्यक्ष सीले केही दिनअघि जाय-इनको सफलताका साथ चीनको राजकीय भ्रमण भएको बताउँदै दुई पक्षले चीन र दक्षिण कोरियाको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्यामा समन्वय बढाउने विषयबारे महत्वपूर्ण सहमति हासिल गरेको कुरा बताउनुभयो। नयाँ वर्षमा चीनले दक्षिण कोरियासँग रणनैतिक सम्पर्कलाई बढाउने, व्यवहारिक सहयोगलाई अगाडि बढाउने, सम्वेदनशील समस्यालाई उचित रुपमा व्यवहार गर्ने, दुई मुलुकको सम्बन्धलाई अझै ठूलो विकास गर्न अगाडि बढाउने आशा लिएको कुरा सीले पनि व्यक्त गर्नुभयो।

मुन जाय-इनले दक्षिण कोरिया र चीनको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धले विकास प्रवृत्तिलाई कायम राख्ने प्रतीक्षा प्रकट गर्नुभयो। साथै उहाँले हाल दक्षिण कोरिया र उत्तर कोरियाको वार्ताको उपलब्धिबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु