फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले दोक्लाम क्षेत्रमा सार्वभौमिकता अधिकार चलाउँदै जाने

(GMT+08:00) 2018-01-15 18:51:17

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जनवरी पन्ध्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा दोक्लाम चीनको भूखण्ड हो भन्दै चीनले निरन्तर रुपमा ऐतिहासिक सीमा सन्धि अनुसार दोक्लाम क्षेत्रमा सार्वभौमिकता अधिकार चलाउँदै जाने कुरामा जोड दिनुभएको छ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार, भारतीय स्थल सेनाका चिफ अफ जनरल स्टाफले हाल दोक्लाम भारतको भूखण्ड नरहेको बताउँदै दोक्लाम घटनामा भारतीय सेनाले साँच्चि नै भारतको स्वाधिनमा नरहेको भूभागमा प्रवेश गरेको दाबी गर्नुभएको थियो। प्रवक्ता लु खाङले उहाँको दाबीबारे चर्चा गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो।

भारतीय सेनाले निष्ठापूर्वक सोच-विचार गरेर ऐतिहासिक सीमा सन्धिको अक्षरश: पालना गर्नुका साथै वास्तविक रुपमा सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गरी दुवै देश सम्बन्धको सकारात्मक विकासका लागि राम्रो वातावरण सिर्जना गर्नुपर्ने आग्रह चीनले गरेको कुरा पनि प्रवक्ता लुले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु