फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा विदेशका भएको चिनियाँ लगानी तीस प्रतिशतले घट्यो

(GMT+08:00) 2018-01-16 16:27:45

सन् 2017मा चिनियाँ लगानीकर्ताहरुले विश्वका 174 वटा मुलुक तथा क्षेत्रका लागि गरेको गैर-बैंकिंग लगानी एक खर्ब आठ करोड अमेरिकी डलर पुगेको छ। यो सन् 2016 को तुलनामा करिब तीस प्रतिशतले घटेको हो। सन् 2017 मा चीनमा विदेशी लगानी आठ खर्ब सतहत्तर अर्ब छपन्न करोड चिनियाँ युआन भित्रिएको छ। यो सन् 2016 को तुलनामा सात दशमलब नौ प्रतिशतले बढेको छ।

चिनियाँ वाणिज्य मन्त्रालय अन्तर्गत सहयोग विभागका व्यापारिक कन्स्युलर हान यौङले आज पैचिङमा उक्त जानकारी दिनुभएको हो।

विदेशमा लगानी भएको मध्ये सन् 2017मा चिनियाँ व्यवसायीहरुले विदेशमा थुप्रै कम्पनीलाई किनेका छन्।

सन् 2016 मा चीनले विदेशी लगानी भित्र्याउने परिस्थितिबारे चर्चा गर्दै चिनियाँ वाणिज्य मन्त्रालय अन्तर्गत विदेशी लगानी विभागका प्रमुख थाङ वन हुङले चीनले चालू वर्षमा विदेशी लगानी भित्र्याउने परिमाणको विश्वास गरेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु