चीन-ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्रीस्तरीय सम्मेलन जनवरी उन्नाईसदेखि बाईस तारिखसम्म चिलीको सान्टियागोमा आयोजना हुनेछ। चीनका परराष्ट्र मन्त्री वाङ यीको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डल सो सम्मेलनमा भाग लिने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जनवरी सोह्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा गर्नुभएको छ।
प्रवक्ता लुका अनुसार, चीन-ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्रीस्तरीय सम्मेलन पहिलो पल्ट ल्याटिन अमेरिकी क्षेत्रमा आयोजना हुँदैछ। चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि चीन तथा ल्याटिन अमेरिका बीचको सम्बन्धमा रहेको एउटा महत्वपूर्ण गतिबिधि यो सम्मेलन भएको उहाँले बताउनुभयो। चीन ल्याटिन अमेरिका सम्बन्धको विकासका लागि यो सम्मेलनको निकै महत्वपूर्ण अर्थ रहेको छ।