फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुससँगै क्षेत्रीय र विश्व शान्तिका लागि अझ ठूलो योगदान गर्दै जान चीन इच्छुक

(GMT+08:00) 2018-01-16 17:53:38

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आव जनवरी सोह्र तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्षमा रुससँगै मिलेर निरन्तर रुपमा अन्तर्राष्ट्रिय मामिलामा रहेको समन्वय र सहकार्यलाई मजबुत पारी क्षेत्रीय र विश्व शान्ति, स्थिरता, विकास र समृद्धिका लागि अझ ठूलो योगदान गर्दै जान चीन इच्छक रहेको कुरा बताउनुभएको छ।

रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभले हिजो पन्ध्र तारिख आयोजित वार्षिक पत्रकार सम्मेलनमा लामो समययता कोरियाली प्रायद्बीप लगायतका विविध महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा रुसले चीनसित घनिष्ट सहयोगलाई कायम राख्दै आएको औँल्याउनुभएको थियो।

प्रवक्ता लुका अनुसार, अन्तर्राष्ट्रिय मामिलामा चीन-रुस सहकार्य सम्बन्धी रुसी विदेश मन्त्री लाभरोभको सकारात्मक धारणाको चीनले उच्च मूल्याङ्कन गर्नुका साथै त्यसको प्रशंसा पनि गरेको छ।

जानकारी तथा लेखहरु