फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा चीनको केन्द्रीय व्यवसायबाट सिर्जित नाफा चौध खर्ब चिनियाँ युआनभन्दा बढी

(GMT+08:00) 2018-01-17 16:23:06

चीनको राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजी अनुगमन र व्यवस्थापन समितिका महा लेखापाल शन यिङले आज जनवरी सत्र तारिख पैचिङमा सन् 2017 मा चीनका अन्ठान्नब्बेवटा केन्द्रीय व्यवसायबाट सिर्जित नाफा पहिलो पल्ट चौध खर्ब चिनियाँ युआनभन्दा बढी भएको र सोही अवधिको तुलनामा पन्ध्र दशमलब दुई प्रतिशतले बृद्धि भएको जानकारी दिनुभएको छ। आर्थिक नाफा बढ्ने गति र मात्रा दुवै‍ बितेका पाँच वर्षको सबभन्दा राम्रो स्तरमा पुगेको पनि उहाँले औँल्याउनुभएको छ।

महा लेखापाल शनका अनुसार, अन्ठान्नब्बेवटा केन्द्रीय व्यवसायमध्ये उन्नचासवटा व्यवसायबाट सिर्जित नाफा बढ्ने प्रमाण दश प्रतिशतभन्दा बढी नाघेको छ भने छब्बीसवटा व्यवसायको नाफा बढ्ने प्रमाण बीस प्रतिशतभन्दा बढी नाघेको छ। नाफाको कुल रकम दश अर्बभन्दा बढी नाघेको केन्द्रीय व्यवसायको संख्या एकचालीस पुगेको देखिन्छ। पेट्रोल, इस्पात र कोइला-पत्थर लगायतका परम्परागत व्यवसायले समस्त नाफाको बृद्धिका लागि बलियो जग पनि बसालेका छन्।

जानकारी तथा लेखहरु